Logo
  • 0

अवलोकन

एनएमबि बेलुनीङ (Ballooning) घर कर्जा

यो एक भिन्न किसिमको घर कर्जा हो जसमा साउँको भुक्तानी लचिलो तरिकाले गर्न सकिन्छ। यो योजना अनुसार कर्जाको एक भागको भुक्तानी चाहीँ नियमित समान मासिक किस्ता द्वारा गर्न सकिन्छ भने, बाँकी भागको भुक्तानी चाहीँ वार्षिक रुपमा गर्न मिल्छ।

एनएमबि उल्टो बेलुनीङ (Reverse Ballooning) घर कर्जा

एनएमबी बैंकको घर कर्जा चुक्ता गर्न उल्टो बेलुनी कर्जा विकल्प पनि उपलब्ध छ। यो योजना अनुसार आफ्नो घर कर्जाको साउँ भुकतानी विशेष तरिकाले गर्न मिल्छ जसले गर्दा तिर्नुपर्ने समान मासिक किस्ताहरु ५ देखी १० वर्षमा ग्राहकको चाहना अनुसार घट्दै जानेछ।

Digital Retail Loan Application-Apply Now

योग्यता

उमेर25-65 years
पेशा
  • तलबि कर्मचारीहरु
  • विप्रेशनबाट आमदानी गर्ने व्यक्तिहरु
  • स्वरोजगार भएका व्यवसायीहरु
  • व्यापारिहरु
नाागरिकनेपाली
लिङ्गसबै

कागजात

ग्राहकवर्ग

  1. बेलुनिङ घर कर्जा

तलबि कर्मचारीहरु - नियमित तलब र वर्षको कुनै समयमा कमसेकम एउटा एकमुष्ठ आमदानी (बोनस, वेलफेयर, इत्यादी) भएका कुनै संघ संस्थामा कार्यरत कर्मचारीहरु

  1. उल्टो बेलुनिङ घर कर्जा

तलबी कर्मचारीहरु र स्वरोजगार व्यवसायी र व्यापारीहरु। ऋणिहरुले कर्जा अवधिको शुरुमा अधिकतम समान मासिक किस्ता तिर्न सक्नु पर्ने हुन्छ। यसो गर्दाखेरी हुने बचतलाई अरु कार्यमा लगानी गरेर थप फाइदा लिन सकिन्छ।

घर कर्जाको आवेदन सहित निम्न दस्तावेजहरु यो कर्जा प्रशोधनका लागि आवश्यक हुन्छन्।

  1. पहिचानका लागि चाहिने दस्तावेजहरु
    • आवेदक, प्रायोजक र ग्यारेन्टरको नागरिकताको प्रतिलिपि र फोटो
    • स्थायी लेखा नंको प्रतिलिपि (लागू भएमा)
    • आवेदक, प्रायोजक र ग्यारेन्टरको घर पुग्ने गरि बनाइएको नक्शा
    • आवेदक, प्रायोजक र ग्यारेन्टरको कुल सम्पत्ति झल्किने विवरण
    • विभिन्न बैंकिङ कागजात
    • एनएमबि बैंक लिमिटेडमा ऋण खाता
  2. आमदानी सम्बन्धी दस्तावेजहरु
    • तलबि कर्मचारीहरुका हकमा
      • आफु कार्यरत संस्थाबाट प्राप्त हुने तलबको विवरण झल्किने प्रमाणपत्र (३ महिना भन्दा पुरानो नहुने गरि)
      • बैंक खाताको विवरण (लागू भएमा)
      • पछिल्लो दुइटा तलब विवरण
    • स्वरोजगार भएका व्यवसायीका हकमा
      • व्यवसाय दर्ताको प्रमाणपत्र
      • आमदानीको स्रोतको विवरण
      • ३ बर्ष सम्म लगातार व्यवसाय गरेको प्रमाण (कुनै भएमा)
      • बैंक खाताको विवरण
  • व्यापारीहरुका हकमा
    • व्यवसाय दर्ताको प्रमाणपत्र
    • आमदानीको स्रोतको विवरण
    • ३ बर्ष सम्म लगातार व्यवसाय गरेको प्रमाण (कुनै भएमा)
    • बैंक खाताको विवरण
    • MOA/AOA, Share Lagat, partnership deed (as applicable)
    • Recent tax paid receipt.

अन्य श्रोतहरुको हकमा

  • हालको लिज भुक्तानीको रसिद र सम्झौताहरु र जग्गको लालपुर्जा। भविश्यमा भाडाबाट हुने आमदानीको गणना गरिने छैन।
  • भाडाबाट आउने आमदानी बारे थप विवरण। यदि भाडा आउने भवन घडेरी अरु बैंक तथा वित्तिय संस्थाको वित्तिय सरोकार छ भने, बैंकले त्यसको मध्यनजर गरि त्यस बमोजिम नै मुल्याङ्कन गर्नु पर्ने हुन्छ।
  • पेनसन स्लिप वा ब्याज आमदानीको विवरण
  • बैंकको खाताको विवरण
  • अरु प्रमाणीकरण गर्न मिल्ने दस्तावेजहरु
  • Construction completed certificate for buildings wherever applicable
  • Copy of registration certificate of concerned association/organization (in case of professionals such as Engineers, Doctors, Chartered Accountants etc.

धितोसंग सम्बन्धी दस्तावेजहरु (कर्जा सीमा स्वकृति पछि कर्जा प्रवाह गर्नु अगाडी चाहिने दस्तावेजहरु

  • जग्गाको लालपुर्जा
  • बाटो जग्गासम्म पुगेको विवरण देखिने ब्लु-प्रिन्ट र ट्रेस नक्शा
  • चार किल्ला
  • तिरो तिरेको रशिद
  • नक्शा पास प्रमाण पत्र
  • घर निर्माण सम्पन्न प्रमाण पत्र (घडेरीको मुल्याङ्कन गर्नु पर्ने अवस्थामा)
  • राजिनामा (थैली कमसेकम कर्जा स्विकृत सीमा जति हुनु पर्ने)
  • बैंकको मुल्यांकन कर्ताले मुल्यांकन गरेको घडेरीको विवरण
  • बैंकको नाममा जारी गरिएको घडेरी विमा (कमसेकम घडेरीको उचित बजार मुल्यको)
  • सरकारी मापदण्ड अनुसारको बाटो पुगेको
  • कुनै डेवलपरले बनाएको घडेरी भए, घडेरी निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिने हुन्छ

नोट: बैंकको आवश्यक्ता अनुसार अरु दस्तावेजहरु पनि चाहिने हुन सक्छ।

विशेषताहरु

एनएमबि बेलुनिङ घर कर्जाका विशेषताहरु:

  • कर्जा सीमाको ४०% सम्म बेलुनिङ गर्न मिल्ने विकल्प
  • समान मासिक किस्ता अनुरुप बाँकी रकमको भुक्तानि गर्न मिल्ने व्यवस्था

एनएमबि उल्टो बेलुनिङ घर कर्जाका विशेषताहरु:

  • कर्जा भुक्तानीको रकम ग्राहकको चाहना अनुसार हरेक वर्ष घट्दै जाने व्यवस्था

प्राय: सोधिने प्रश्नहरू

Back to