Logo
  • 0

अवलोकन

एनएमबि बैंक डेबिट कार्डको प्रयोगले तपाईंले नेपाल र भारतका ४,००,००० भन्दा बढि एटिएमहरु र २५ लाख भन्दा बढी POS केन्द्रहरुबाट कारोबार गर्न सक्नुहुन्छ। चौबिसै घण्टा, सातै दिन प्रयोग गर्न सकिने एनएमबि बैंकको VISA कार्डले तपाईंलाई अधिकतम सुलभता र वित्तिय सेवा प्रदान गर्छ।

एनएमबि VISA डेबिट कार्डका फाईदाहरु:

  • नगद बोक्नु पर्ने झन्झट र चोरी हुने चिन्ताबाट उन्मुक्ति
  • बैंकको काउन्टरबाट भन्दा छिटो रकम निकल्न सकिने
  • ATM वा POS दिनको कुनै पनि समयमा चलाउन सकिने सुलभता
  • एटिएम केन्द्रबाट नेै खाताको मौजदात र विवरण लिन सकिने
  • VISA International जस्तो विश्व स्तरिय ब्र्याण्डबाट प्रबर्द्धित
  • भारतिय एटिएमबाट कारोबार गर्दा नेरु १५० शुल्क

एनएमबि VISA डेबिट कार्ड प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु:

  • डेबिट कार्डको पछाडिपट्टि सेतो प्यानलमा सही छाप गर्नुहोस र आफ्नो कार्ड सँधै आफु साथ कुनै सुरक्षित ठाउँमा राख्नुहोस।
  • एउटा गोप्य पिन अर्कै पत्रमा प्रदान गरिनेछ। यो पिनको मद्दतले मात्र तपाईँले कारोबार गर्न सक्नुहुनेछ। सुरक्षाको दृष्टिले यो पिन तुरुन्त परिवर्तन गर्न बैंक आह्वान गर्दछ।
  • आफनो पिन कार्डमा वा जो कोहीले पनि भेट्टाउन सक्ने स्थानमा नराख्नुहोला।
  • कार्डलाइ बंग्याउने, उच्च तापक्रम वा बिजुली हुने ठाउँमा राख्ने जस्ता कार्यले कार्डमा भएको चुम्बकिय स्ट्रिप बिग्रिने र कारोबार गर्न नमिल्ने हुनाले यस्तो नगर्नुहोला।
  • अर्को व्यक्तीको अगाडी एटिएम कारोबार नगर्नुहोला।
  • यदि कार्ड हराउनुभयो भने, बैंकको टल फ्रि नं १६६००१२५२५२ मा संपर्क गरी कार्ड ब्लक गराउनुहोला।
  • बैंकको खाताको मौजदात र विवरण समय समयमा हर्ने बानी बसालौं। यसबाट अनाधीकृत कारोबार चाँडो पत्ता लाग्नसक्छ। .

कारोबार सीमा:

Daily Cash withdrawal count. (NPR)

20

Daily Cash withdrawal count. (INR)

20

Daily Cash withdrawal Limit. (INR)

15,000.00

Daily Cash withdrawal Limit. (NPR)

100,000.00

Daily POS purchase count. (NPR)

20

Daily POS purchase count. (INR)

20

Daily POS purchase limit. (INR)

100,000.00

Daily POS purchase Limit. (NPR)

200,000.00

Monthly Cash withdrawal Limit. (NPR)

400,000.00

Monthly Cash withdrawal Limit. (INR)

100,000.00

Monthly POS purchase limit. (NPR)

400,000.00

Monthly POS purchase Limit. (INR)

100,000.00

योग्यता

कागजात

विशेषताहरु

  • एनएमबि बैंक VISA डेबिट कार्ड तपाईंको बैक खातासंग जोडिएको हुन्छ।
  • एनएमबि बैंक VISA डेबिट कार्ड नेपाल र भारतमा मान्य हुन्छ।
  • यो कार्डको मान्य अवधि ५ वर्ष हो। 
  • कार्ड बैंकको कुनै पनि एटिएम वा VISA वा SCT को संजालको  कुनै पनि एटिएमबाट निकाल्न सकिन्छ। 
  • कार्ड VISA वा SCT को संजालको  कुनै पनि POS केन्द्रमा‍ चलाउन सकिन्छ।
  • पुरक कार्ड पनि जारी गर्न मिल्ने।

प्राय: सोधिने प्रश्नहरू

Back to